बिहिबार, बैशाख १३, २०८१

राप्रपा नेपाल पनि संविधान निर्माण प्रक्रियाबाट बाहिरियो

काठमाडौ भाद्र २३,  राप्रपा नेपालको आज बसेको कार्यसम्पादन समितिको बैठकले नेपाल संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । त्यस्तै राप्रपा नेपालको उक्त raprapa-nepalबैठकले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलगायतका पक्षमा संविधानको प्रारम्भिक मस्यौदा माथि जन सुझाव संकलनको क्रममा जनताले दिएको अभिमतलाई संविधानसभाले उपेक्षा गर्दै पार्टीले उठाएका एजेन्डालाई बेवास्ता गरिएको लगायतका अन्य विभिन्न कारणले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको बुझिएको छ ।

यसैवीच राप्रपा नेपालले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राप्रपा नेपालका संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णयको लिखित व्यहोरा जानकारी गराएका छन ।