काठमाडौ भाद्र १८, नेवाः भोलन्टियर्स नामक संस्थाद्दारा आज राजधानीमा आयोजित ‘फेस टु फेस’ कार्यक्रममा बोल्दै महानगरीय अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अजुन सुकै अपराध र अपराधिक कार्यमा संलग्न व्यक्ति र उनिहरुको गतिविधिलाई समाप्त पार्न नेपाल प्रहरी प्रतिवद्ध रहेको बताउँनु भएको छ । साथै उहाँले यसको लागि प्रहरी मात्रैको प्रयास अपुग हुँने बताउँदै विना वर्दीको प्रहरी अर्थात नागरिक समाजको सहयोग आवश्यक रहेको बताउँनु भएको छ ।
कार्यक्रमा नेवाः भोलन्टियर्सका अध्यक्ष मनोज नेवाःले समाजमा सुरक्षा सहितको शान्ति बनाइराख्न प्र्रहरी र नागरिकवीचको सहकार्य आवश्यक रहेको पक्षमा जोड दिदै यस किसिमको कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भएको थियो । कार्यक्रमा कामपा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्र बज्राचार्य लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।