बुधबार, बैशाख १२, २०८१

परिमार्जित विधेयकमाथि दश दलको संशोधन प्रस्ताव , काँग्रेस नेता डा.कोइराला व्यक्तिगत रुपमा संशोधन दर्ता गराए

प्रमुख सचेतक श्रेष्ठद्दारा सभासद् डा कोइरालालाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन

काठमाडौ भाद्र १८, नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमाथि हालसम्म विभिन्न दश राजनीतिक दल सम्बद्ध सभासद्ले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । यस मध्ये काँग्रेस केन्द्रीय समितिको निर्णय विपरित नेता डा शेखर कोइरालाले भन् व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको Sambidhanसचिवालयले जनाएको छ ।  संविधानसभा सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राप्रपा, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले संशोधन प्रस्ताव दर्ता गराएका संविधानसभा सचिवालयले जनाएको छ ।

त्यस्तै समाजवादी जनता दल, नेपाल जनमुक्ति पार्टी(लोकतान्त्रिक), खम्बुवान् राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टीलगायतले पनि संशोधन प्रस्ताव राख्नुभएको छ । ती दलका तर्फबाट सभासद् प्रेमबहादुर सिंह, दीपक बोहरा, शिवलाल थापा, सीमाकुमारी विक, रामकुमार राई, यशोदाकुमारी लामा, लक्ष्मण राजवंशी, चित्रबहादुर केसी, मीना पुन, दुर्गा पौडेल, भक्तबहादुर विक, परशुराम तामाङ, सत्याक खान, आनन्दी पन्त, एकनाथ ढकाल र मिलनकुमारी राजवंशीले संशोधन प्रस्ताव दर्ता गराउनुभएको बुझिएको छ ।

 सचिवालयका अनुसार काँग्रेसका केन्द्रीय सदस्य डा   कोइरालाले दर्ता गराएको प्रस्तावमा संविधानको प्रस्तावनामा रहेका ‘त्याग’ ‘बलिदानको गौरवपूर्ण’ लगायतका शब्द हटाउनुपर्ने, तेस्रो अनुच्छेद पूरै हटाउनुपर्ने उल्लेख छ । प्रस्तावनाको पाँचाँै अनुच्छेदमा रहेको ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय’ शब्द हटाई यसमा ‘बहुदलवादमा आधारित’ शब्द राख्न र ‘धर्म निरपेक्षता’ र ‘समाजवाद’ शब्द हटाउनुपर्ने उल्लेख  रहेको  जानकारी दिएको  छ ।

यसैवीच   नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नेपाली काँग्रेसका सभासद् डा शेखर कोइरालालाई संविधानको विधेयकमा संविधानसभा सचिवालयमा आज दर्ता गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको छ ।
सचेतक श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको निर्णय विपरीत विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको सूचना प्राप्त भएकाले फिर्ता गर्न    निर्देशन  दिएको  बुझिएको छ  ।