बिहिबार, बैशाख २०, २०८१

सोनीयाको हत्यागरि फरार रहेका थिङ पक्राउ

काठमाडौ भाद्र ११, महानगरीय प्रहरी वृत्त गौशालाले आफनै प्रेमीका सोनीया श्रेष्ठको हत्या गरि फरार रहेको अविनाश थिङलाई आज पक्राउ गरी विहीवार download (2)सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार थिङ सोनीयावीच लामो समयदेखि मित्रता रहँदै आएको र शारीरिक सम्बन्धसमेत कायम भएपछि केटीले विवाहका लागि दबाब दिएका कारण विवाद उत्पन्न भई थिङले श्रेष्ठको ज्यान लिएको बताएका छन ।

घटना विवरण अनुसार केटीले विवाहका लागि दबाबका कारण होटल गौशालाको ११८ नम्बर कोठामा लगी नाटकीय ढङगबाट थिङले रुमालले घाँटी बाँधी श्रेष्ठको हत्या गरी फरार रहेकोे जनाएको छ ।