बिहिबार, बैशाख १३, २०८१

काँग्रेस पदाधिकारी बैठक: संविधान र अधिवेशन दुई मध्ये एक विकल्प रोज्नु पर्नेमा नेताहरुको जोड

काठमाडौ भाद्र ११ , नेपाली काँग्रेसको आज सम्पन्न पदाधिकारीको बैठकलो आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय पार्टीको आसन्न १३ औ महाधिवेशन सर्न सक्ने सङ्केत गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको उक्त बैठकमा महाधिवेशन केन्द्रीत वृहत छलफल भएको जनाउँदै अधिवेशनको images (1)तयारी अपुग हुने निष्कर्षसहित अधिवेशन प्रस्तावित मितिमा सम्पन्न गर्न नसकिने निष्कर्षमा काँग्रेस पदाधिकारी पुगेको थाहा भएको छ ।

संविधान निर्माणको कार्यव्यस्ताका कारण प्रस्तावित मितिमा पार्टीको महाधिवेशन गर्न नसकिने पक्षमा पार्टीका उच्चपदस्थ पदाधिकारीको अभिमत रहेको जनाउँदै कि संविधानको काम छोडेर अधिवेशनमा जानुप¥यो, कित पार्टीको अधिवेशनलाई अहिले केही समयकालागि सार्नु पर्ने दुईमध्ये एक विकल्पमा सहमति गर्नुपर्नेमा नेताहरुको जोड रहेको बुझिएको छ । साथै आजको बैठकले संविधान लेखन र सङ्घीय प्रदेशको सीमा निर्धारणका बारेमा सबै सभासद्सँग छलफल गर्ने निर्णय पनि गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।