बिहिबार, बैशाख २०, २०८१

यस्तो छ सशस्त्रको स्पष्टोक्ति

काठमाडौ भाद्र १०, राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यममा आज सशस्त्र प्रहरी बलको पोस्ट सारिएको भनी प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण जनाएको छ । आज एक विज्ञप्ति जारी गरी देशभरिमा गरी हालसम्म छ ठाउँमा Captureरहेको सुरक्षा बेस तथा अस्थायी पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई मात्रै संवेदनशील स्थानमा ड्युटी गर्ने गरी परिचालन गरिएको छ । सोअनुरुप महोत्तरीको लक्ष्मिनिया र सर्लाहीको लच्कामा रहेको अस्थायी पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपिएफ एकाइमा खटाइएको जनाइएको छ ।

जङ्गलका बीचमा रहेका ती ठाउँमा सामान्य छाना लगाई घाम र पानीबाट जोगिने गरी अस्थायी पोस्ट बनाएर प्राकृतिक विपद् परेमा तत्काल परिचालन भई सेवा तथा सुरक्षा प्रदान गर्ने अभिप्रायले ड्युटी गर्ने गरी राखिएकामा हाल सवारी आवागमनको चाप नभएका कारण त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्यत्र संवेदनशील ठाउँमा परिचालन गरिएको जनाउँदै सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कम चुनौतीपूर्ण ठाउँ तथा पाँचरसातजनाको सङ्ख्यामा नियमित ड्युटी गर्ने गरी खटिएकालाई अन्यत्र सारिएको हो । छ वटा बाहेक हालसम्म अन्य कुन पनि एकाइलाई अन्यत्र नसारिएको जनाउँदै  सशस्त्रले  सुरक्षासम्बन्धी संवेदनशील विषयमा समाचार प्रकाशन गर्नुपूर्व ध्यान पु-याइदिनु हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु