बिहिबार, बैशाख २०, २०८१

राप्रपा नेपालको प्रदर्शनमा प्रहरी हस्तक्षेप, नेता तथा कार्यकर्ता घाइते

काठमाडौ श्रावण २९ , राप्रपा (नेपाल)ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै आज आयोजना गरेको विरोध जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी प्रदशैनकारीवीच झडप भएको छ । राप्रपा नेपालको जुलुस माइतीघरबाट बानेश्वर तर्फ 934477c561a78ec30c0199b7b2af2698अगाडि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेप सहित अश्रुग्यास, लाठीचार्ज गर्दा जुलुसमा सहभागी नेता तथा कार्यकर्ता घाइते भएको भएको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्नुपर्ने, स्थानीय निकायको चाँडो निर्वाचन गर्नुपर्नेलगायतका माग गर्दै विभिन्न चरणका आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने क्रममा आज विरोध जुलुस प्रदर्शन गरेको हो ।