शुक्रबार, चैत्र १६, २०८०

अनिश्चितकालीन तराई बन्द आव्हानका कारण जनजीवन प्रभावित

काठमाडौं श्रावण २९, संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पर्नुको अवाला सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको भन्दै थरुहट सङ्घर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराईका २२ जिल्ला बन्दका कारण स्थानीय जनजीवन प्रभावित भएको समाचार प्राप्त भएको छ ।
बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा प्रभावित भएका छन् । त्यस्तै प्राप्त समाचारमा बन्दकाकारण प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरु बिहानदेखि सडकमा गुड्न सकेका छैनन् भने बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको  उल्लेख गरिएको छ

यसैवीच मधेस प्रदेश बचाउ सङ्घर्ष समितिले मधेस प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै सुनसरी बन्दको आव्हानले गर्दा सुनसरीको जनजीवन पनि प्रभावित भएको बुझिएको छ । बन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन गर्न रोक लगाएको  बुझिएको छ ।