शुक्रबार, चैत्र १६, २०८०

देश विकासमा युवाको भूमिका महत्वपूर्ण : सभासद् जोशी

  काठमाडौ श्रावण २९,  नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज राजधानीमा आयोजना गरेको नयाँ संविधान, नेपाली युवा र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नविन्द्रराज जोशीले देश विकासमा युवाको महत्वपूर्ण  20150720_anup_41भूमिका रहेकाले अब देशको नेतृत्व युवाले लिनु पर्ने बताउँनु भएको छ ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जीत कर्ण, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सभासद् उदयशमशेर राणा केन्द्रीय सदस्यद्दय प्रदीप पौडेल, कल्याण गुरुङल्लगायतका वक्तले पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा नजागेसम्म देशको परिवर्तन सम्भव नहुने आशयको अभिव्यक्ति दिनु भएको थियो ।

त्यस्तै गरि युनियन केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसील युनियन काठमाडौंका अध्यक्ष नकुल अर्याल, लगायतले युवाले पर्याप्त अवसर नपाएकाले थप दबाब बढाउनुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त हुनुभएकोमा पोषण केसी र युवा प्रतिभा पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएकोमा युनियनका सल्लाहकार जीवन भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।