मङ्लबार, बैशाख १८, २०८१

आज हरिसयनी एकादशी , भगवान् विष्णुको पूजा आरधना गरी घरघरमा तुलसी रोपेर मनाउँदै

काठमाडौ श्रावण ११, आज तुलसी रोप्ने दिन अर्थात हरिसयनी एकादशी आज हिन्दू धर्मावलम्बीले राजधानीस्थित बूढानीलकण्ठ मन्दिर budhanilkantha rpjhonl016260820149za18za33-pmअन्य विभिन्न क्षेत्रमामा रहेको भगवान् विष्णुको पूजा आरधना गरी घरघरमा तुलसी रोपेर मनाउँदै छन् ।

आजको दिन व्रत बस्ने र तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ। धार्मिक दस्तावेजमा नूर नामक राक्षसको आतंकबाट मुक्ति दिलाउन विष्णुले संघर्ष गर्नुपरेको र संघर्षको क्रममा थकान मेटाउन बद्री आश्रममा गएर शयन अर्थात् सुतेको कथा प्रचलनमा रहेको छ । । हरिसयनी एकादशीसँगै आजैदेखि चर्तुमास पनि प्रारम्भ भएको छ ।