बुधबार, बैशाख २६, २०८१

मन्त्री पराजुलीको संसद देखि पार्टी मुख्यालय सम्म आलोचना सहित कारबाही गर्न दबाब

काठमाडौ आषाढ १६, नेकपा एमालेभित्र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको रजगज विरुद्ध जारी विवाद साम्य नहुँदै कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई Hari-parajuli-4सरकारबाट फिर्ता बोलाउन नेकपा एमाले भित्रै अर्को दबाब बढेको छ ।

मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरूपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि व्यवस्थापिका–संसद्को बैठक देखि पार्टीको विभिन्न तह र तप्कामा समेत मन्त्री पराजुलीको आलोचना हुन थालेपछि उहाँलाई सरकारबाट फिर्ता बोलाउन दवावको क्रमले स्थान पाएको हो ।

यसैक्रममा एमालेका महिला सभासद तथा पार्टी पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय भन्दै ध्यानाकर्षण गराएको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु