शनिबार, बैशाख ८, २०८१

दैवी प्रकोप उद्धार कोषको रकमको दुरुपयोग नदिने प्रम कोइरालाको प्रतिवद्धता

काठमाडौ आषाढ १६, बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँगको कुराकानीको क्रममा प्रम कोइरालाले सबै भूकम्प पीडितको सुन्दर र एवम् भूकम्प प्रतिरोधात्मक घर बन्न सकोस् भन्ने sushil_koiralaसदिच्छा व्यक्त गर्नु भएको छ ।

त्यस्तै प्रम कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम राहत, पुनःस्थापना,पुनःर्निर्माणमा लगाइने बताउँदै कुनैपनि हालतमा रकम दुरूपयोग हुन नदिने प्रतिवद्धता दोहो-याउनु भएको थियो ।

आज कोष प्रयोजनार्थ सहयोग गर्नु हुने संघसस्थाहरुमा क्रमस वैदेशिक रोजगार व्यवसायीको ८८ लाखको चेक सङ्घका अध्यक्ष हंशराज वाग्लेले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो भने भारतको बृहत्तर गुवाहाटी दुग्ध व्यवसायी संस्था गुवाहाटीको तर्फबाट रु सात लाख २१ हजार त्यस्तै गरि अमेरिकाको व्योमिङस्थित व्योमिङ विश्वविद्यालयका नेपालका मित्रहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख १७ हजार ५१० र काठमाडौंका गुरुमाता जननी हरिकला चुडाल तथा श्री अम्बा दिव्यधाम परिवारबाट भूकम्प पीडित नेपालीहरूको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख २५ हजार सहयोग प्रदान गर्नु भएको छ ।