सोमवार, बैशाख २४, २०८१

शिर्ष नेतृत्वको उपस्थितीमा मस्यौदाका विवादित विषयमा छलफल

काठमाडौ आषाढ ९,  संविधान मस्यौदा लेखनमा देखिएको विवाद सुल्झाउ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलका शीर्ष नेताहरूसहितको उपस्थितीमा आज बसेको बैठकमा सङ्घीयताको सीमाङ्कन, स्थानीय निकायको स्वरूपलगायतका विषयमा सिर्जित विवादित विषयलाई कसरी टुङ्ग्याउने भन्ने सवालमा छलफल भएको छ ।
बैठकबारे पत्रकारलाई जानकारी दिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मस्यौदा लेखनका विवादित विषयमा मस्यौदा समितिसँग छलफल भएको र विवादित विषयलाई मिलाएर लैजान सुझाव दिइएको जानकारी दिनु भएको छ ।  त्यस्तै आज १ बजे बस्ने संविधान मस्यौदा लेखन कार्यदलको बैठकमा शिर्ष नेतृत्वबाट प्राप्त सुझाव अनुरुप कार्यसम्पादनलाई अगाडि बढाईने र त्यस पछि पुन मस्यौदा समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी कार्यदलले गरेको बुझिएको छ ।

बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, संविधान लेखन मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक गिरिराजमणि पोखरेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र महासचिव जीतेन्द्र देव सहभागी हुनुहुन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031