शनिबार, बैशाख ८, २०८१

सेवाग्राहीसँग घुस रकम लिँदालिँदैको अवस्थामा नासु पोखरेल पक्राउ

काठमाडौं आषाढ ९, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले आज मालपोत कार्यालय कावासोतीका नायब सुब्बा कृष्ण    पोखरेललाइ मङ्गलबार सेवाग्राहीसँग घुस रकम लिँदालिँदैको गरेको अवस्थामा नगद रु ५० हजारसहित पक्राउ गरेको जनाएको छ ।
जग्गासम्बन्धी कारोबारमा घुस लिइँदै छ भन्ने सूचना पाएपछि खटिएको विशेष टोलीले मालपोत अगाडिको रकुवा होटलबाट उनलाई घुस रकमसहित पक्राउ गरेको आयोगको सम्पर्क कार्यालयले जनाएको छ