मङ्लबार, बैशाख २५, २०८१

सङ्कल्प प्रस्ताव र प्रतिबद्धताको व्यवाहारिक रुपमा कार्यान्वयन गर्न माग

धर्मनिरपेक्षता  सहितको संविधान जारी भए त्यो आफुहरुलाई मान्ने नहुँने :महाअभियान संयोजक  खड्का

काठमाडौ अषाढ ३,  नेपाली काँग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले भूकम्पपछि राहत तथा पुनःनिर्माणका विषयमा संसदले पारित गरेको सङ्कल्प प्रस्ताव र सरकारले व्यक्त गरेका प्रतिबद्धतालाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।  महाअभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरी गत वैशाख १२, khum-bahadur-khadka१३ र २९ गते गएको विनाशकारी भूकम्पका कारण आम जनधनको क्षति र ऐतिहासिक धार्मिक सम्पदा र धरोहर एवम् भौतिक पूर्वाधारमा पु-याएको क्षतिबाट सिङ्गो मुलुक मर्माहत भएको अवस्थामा राहत र पुनःनिर्माणमा दलहरुले गरेको प्रतिबद्धताअनुसार काम हुन नसकेको भन्दै तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै महाअभियानका संयोजक खुमबहादुर खड्काले ४ दलबीच भएको १६ बुँदे सहमतिको क्रममा मधेसवादी दलहरुलाई उपेक्षा गरिएको भन्दै संविधान निर्माण प्रक्रियामा मधेसवादी दल र अन्य असन्तुष्ट दलहरुलाई समेत समावेश गर्नुपर्नेमा जोड दिदै नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षता खारेजगरी मुलुकलाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने आम नेपालीको भावनाको सम्बन्धमा १६ बुँदे सहमति मौन रहेको प्रति असन्तुष्टि व्यक्त    गर्दै यदि धर्मनिरपेक्षता  सहितको संविधान जारी भए त्यो आफुहरुलाई मान्ने नहुँने बताउँनु भएको छ । गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031