शनिबार, बैशाख १५, २०८१

व्यवस्थापिका संसद्को सचिव पदमा शर्मा नियुक्त

काठमाडौ अषाढ ३,  व्यवस्थापिका–संसद्को रिक्त सचिवपदबाट गत ज्येष्ठ १४ गते ठाकुरप्रसाद बरालले राजीनामा दिनुभएपछि रिक्त रहेको सचिव पदमा मा संसद् dd3fed8e304086da5917ca62689f964cसचिवालयका सहसचिव मुकुन्दप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले आज शर्मालाई सचिव पदमा नियुक्ति गरेको संसद् सचिवालयले जनाएको छ । लोकसेवा आयोगका सदस्य डा गोविन्द कुसुम संयोजक रहनुभएको सिफारिस समितिले सो पदका लागि मुकुन्दप्रसाद शर्मा, सोमबहादुर थापा र हिमलाल सुवेदी तीनजनामध्येबाट ज्येष्ठता र अनुभवका आधारमा एक जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो