बिहिबार, बैशाख २०, २०८१

मसाल बालेर सङ्घीय समाजवादी फोरम नेपाल आयो अस्तित्वमा

काठमाडौ ज्येष्ठ ३२,  मधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच आज विधिवत राजधानीमा आयोजित एक कार्यक्रमकावीच एकताको घोषणा गरिएको छ । कार्यक्रममा मजफो पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय समाजवादीका अशोक राई र खस समावेशी युवराज कार्कीले मसाल बालेर पार्टी एकता भएको घोषणा गरेको हो । त्यस्तै सङ्घीय समाजवादी  फोरम नेपालको नामबाट अस्तित्वमा ल्याइएको उक्त पार्टीको अध्यक्षमा उपेन्द्र यादवलाई चयन गरिएको छ भने पार्टीको वरिष्ठ नेता एवम् संसदीय दलको नेतामा अशोक राईलाई चयन गरिएको छ । यस्तै प्रमुख सचेतकमा फोरम नेपालकै शिवजी यादवलाई चयन गरिएको छ ।

राजेन्द्र श्रेष्ठलाइ सहअध्यक्षको जिम्मेवारी दिइएको सङ्घीय समाजवादी फोरम नेपालको उपाध्यक्षमा क्रमस लालबहादुर राउत, रेणु यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की रहनुभएको छ । महासचिवमा रामसहायप्रसाद यादव र रणध्वज कन्दङगवा हुनुहुन्छ भने उपमहासचिवमा अभिषेकप्रसाद साह र दानबहादुर विके रहेका छन ।  त्यसैगरी सचिवमा पनि क्रमस रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत तथा कोषाध्यक्षमा विजयकुमार यादवलाईचयन गरिएको छ भने पार्टीको केन्द्रीय सल्लाहकार समिति सभापतिमा डा मङ्गलसिद्धी मानन्धर र केन्द्रीय निर्वाचन समिति सभापतिमा दुर्गाबहादुर देवानलाई चयन गरिएको छ ।

केन्द्रीय समितिमा भने दुई सय जन�� रहने एकता घोषणासभामा जानकारी दिइएको थियो ।  पार्टी एकता घोषणा कार्यक्रममा नवघोािषत पार्टीका अध्यक्ष यादवले सङ्घीयता र पहिचानको मुद्दालाई बलियो बनाउँन एकता आवश्यक भएको अभिव्यक्ति दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031