मङ्लबार, बैशाख २५, २०८१

महासङ्घद्दारा नेपाली सञ्चारकर्मीले खेलेको भूमिकाको सराहना

FNJ_logo2पत्रकारको बिमा सहित विपत्तिको अवस्थामा सञ्चारमाध्यामले सचेत र जिम्मेवार भएर सन्तुलित सामाग्री दिनुपर्नेमा वक्ताहरुको जोड 

काठमाडौ ज्येष्ठ ५ , नेपाल पत्रकार महासङ्घले वैशाख १२ गतेको भूकम्प र त्यपछि श्रृखलावद्ध पराकम्पन पछिको अवस्थामा पनि जनताका सूचनाको हकप्राप्तिको अधिकारको रक्षा गर्दै ज्योखिममय वातावरणमा नेपाली सञ्चारकर्मीले खेलेको भूमिकाको सराहना गरिएको छ । महासङ्घले सोमवार आयोजना गरेको सञ्चारमाध्यमसङगको छलफलको क्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्प जाँदा र भूकम्पपछि सञ्चारकर्मीले त्रासका बीचमा खेलेको भूमिकाको मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभएको हो । त्यस्तै भूकम्पबाट प्रभावित भएका पत्रकारहरूलाई उद्धार गर्ने, उनीहरूका लागि राहत जुटाउने र पुनरस्र्थापनाका लागि महासङघले आम नागरिक प्राकृतिक विपत्तिबाट त्रसित बनेका कारण यस्तो बेला संचारमाध्यामले सचेत र जिम्मेवार भएर सन्तुलित सामाग्रीहरू सम्प्रेषण गर्नुपर्ने बताउँनु थियो ।

त्यस्तै छलफलमा महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य , राससका नायब महाप्रबन्धक निर्मला आचार्य, नेपाल टेलिभिजनका निर्देशक राजेन्द्रदेव आचार्य , त्यस्तै गरि पत्रकारहरु तीर्थ कोइराला, नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधान, ध्रुवहरि अधिकारी, टङ्क पन्त, गोपाल झा, कुन्दन अर्याल, बबिता बस्नेत, अरुण बराल, परशु घिमिरे, बानका अध्यक्ष गोपाल झा, सामुदायिक रेडियो प्रशारक सङघका कार्यकारी निर्देशक रामचन्द्र लामिछाने लगायतका वक्ताहरुले आआफ्ना सुझाव तथा धारणा प्रस्तुत गर्दै नेपालका मिडियाहरूले अत्यन्तै जोखिम मोलेर खतराकाबीच पनि हरेक क्षेत्रमा प्रतिवद्धरुपमा क्रियाशीलरुपमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै मिडियाले आफ्ना सामाग्रीहरूमा विविधता ल्याउनुका साथै भूकम्पबाट भौतिक र मानिसक रूपमा प्रभावित वा त्रसित भएकाहरूलाई त्यसबाट मुक्त हुने खालका विषयवस्तु उठाउनुपर्नेमा जोड दिनुको अवाला पत्रकारहरूको बिमा हुनुपर्ने माग गर्नुभएको महासङघका सचिव प्रभात चलाउँने द्दारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा महासङ्घले महाभूकम्पमा परी १ पत्रकारको मृत्यु, १२ पत्रकारले आफन्त गुमाउँनुको साथै ५०१ पत्रकार घरवारविहीन भएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930