शुक्रबार, बैशाख १४, २०८१

पत्रकार शर्मालाई कृष्ण सेन स्मृति पुरस्कार कृष्णसेन पत्रकारिता कल्याण कोष स्थापना

काठमाडौं ज्येष्ठ १० ,  क्रान्तिकारी पत्रकार सङ्घले यस वर्षको कृष्ण सेन स्मृति पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव एवम् पत्रकार ओम 425288_247211652033559_571638445_nशर्मालाई प्रदान गर्ने भएको छ ।  सङ्घको शनिवार बसेको केन्द्रीय समितिको बैठकले सशस्त्र द्वन्द्वको समयमा मारिएका पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवसका दिन यही ज्येष्ठ १३ गते सो पुरस्कार प्रदान गरिने निर्णय गरेको हो ।

यस्तै सङ्घले गम्भीर दुर्घटना, प्राकृतिक विपत्तिमा परी पीडित भएका पत्रकारको सहयोगार्थ दुई लाख राशिको कृष्णसेन पत्रकारिता कल्याण कोष स्थापना गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।