बिहिबार, बैशाख १३, २०८१

पत्रकार भोम्जनको स्मृतिमा श्रद्धान्जली सभा

काठमाडौ ज्येष्ठ ३ , गत वैशाख १२ गतेको महा भूकम्पमा परी निधन भएका खेल पत्रकार एवम् गोरखापत्र दैनिकसङग आबद्ध पत्रकारसुमन भोम्जनको स्मृतिमा नेपाल Captureपत्रकार महासङघले शनिवार महासङघ परिसरमा  श्रद्धान्जली सभाको आयोजन गरेको छ ।

श्रद्धान्जली सभामा पत्रकार भोम्जनको तस्विरमा माल्यार्पण गर्दै महासङघका अध्यक्ष डा महेन्द्र विष्ट उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष तथा, केन्द्रीय सदस्यहरूका साथै प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष, प्रेस चौतारीका महासचिव, बानका अध्यक्षका साथै पत्रकारिता क्षेत्रका विभिन्न संस्था र पत्रकारहरूले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

महासङघका केन्द्रीय प्रतिनिधी समेत रहेका पत्रकार भोम्जनको विनासशकारी भूकम्पका कारण महाबौद्धस्थित डेरामा पुरिएर मृत्यु भएको थियो भने एक साता लामो खोज र उत्खनन्पछि वैशाख १९ गते उहाँ बस्ने निवासकै भग्नावशेषमा मृत अवस्थामा फेला परी सोही दिनउहाँको हेटौडामा लगी दाहसंस्कार गरिएको थियो ।photo: fnjnepal. org