बिहिबार, बैशाख २०, २०८१

राहत तथा पुनःस्थापनका लागि सबै पक्ष एकजुट र भएर अघि बढ्न नेता खनालको आव्हान

काठमाडौ वैशाख २६, व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन jn khanal10नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुकको भौगोलिक अवस्थाका र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरूप अघि बढ्न नसकेको उल्लेख गर्दै भूकम्पपीडितको राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर सबै राजनीतिक दल लगायतक सबै पक्ष एकजुट र भएर अघि बढ्न पनि आह्वान गर्नुभएको छ ।

साथै पूर्वप्रम खनालले विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पु-याउन आवश्यक रहेको बताउँदै वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रूपमा सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।