मङ्लबार, बैशाख १८, २०८१

आज अक्षय तृतीया पर्व मनाइदैं

काठमाडौं बैशाख ८,  आज अक्षय तृतीया पर्व, जौको सातु र सर्वत दान गरी मनाईंदैछ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई प्रचण्ड गर्मी akshay_trutiya-85263बाट शितलता लिने पर्व एवम् बिघ्नविनाशक पर्वका रुपमा पनि स्विकार गरिएको छ। ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने जनविश्वास रहिआएको छ ।  आजकै दिन बृद्धबृद्धालाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । हिन्दु धार्मीक परम्परा अनुसारका चार युगमध्ये सत्ययुग र त्रेतायुग यसै तिथिबाट शुरु भएको मानिन्छ ।

त्यस्तै पवित्र चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।