मङ्लबार, बैशाख २५, २०८१

पूर्वप्रधानमन्त्री थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं बैशाख ४,  बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ आज सूयर्अन्त्येष्टि गरिंदैछ । मन्त्रिपरिषदको विहीवारको बसेको बैठकको निर्णयअनुरुप सरकारलेउहँको सम्मानमा आज सार्वजनिक बिदा पनि दिएको छ । त्यस्तै एक दिन सरकारी कार्यालय तथा कुटनीतिक नियोगहरु राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

उहाँको पार्थिव शरीरलाई हिजो साँझ भारतबाट नेपाल ल्याएर उहाँको निवास माली गाउँमा राखिएको छ । आजै दिउँसो १ देखि ३ बजेसम्म पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिेनेछ भने त्यसअघि मध्यान्ह १२ बजेसम्म पार्टी कार्यालयमा राखिने राप्रपाले जनाएको छ । दिउँसो ३ बजेपछि रंगशालाबाट शवयात्रासहित पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टी गरिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031