काठमाडौ चैत्र २६, बागमती सरसफाई अभियानको १०० औं हप्ता पुगेको अवसरमा २०७१ बैशाख २८ बागमतीको दुवै किनारामा मानवसाङ्गलो निर्माण गरी ऐतिहासिक रुपमा भव्यताका साथ मनाइने भएको छ । उक्त अभियानलाई सफल पार्नु आमनागरिकको गहन दायित्व भएको ठहर गर्दै आनेपाल पत्रकार म हासङ्घले प्रस्तुत अभियानमा सहभागी हुन महासङ्घमा आबद्ध cfफ्ना सबै सदस्य पत्रकार / सञ्चारकर्मीलाई लाई आग्रह गरेको छ ।
सफाइ अभियान ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न पार्न उक्त दिन बिहान ७ः०० बजे राजधानीको तिलगङ्गामा उपस्थित हुन महासङ्घका महासचिव उजिरमगरले आज एक विज्ञप्ति जारी गर्दै यस्ते आग्रह गरेको हो ।