बिहिबार, बैशाख १३, २०८१

पत्रकारमाथि लक्षित आक्रमणका घटनाको अध्ययन गर्न मिसन टोली परिचालित

काठमाडौ चैत्र २४,   रौतहटमा केही दिनदेखि जारी आन्दोलनको क्रममा पत्रकारमाथि लक्षित गरी भइरहेको आक्रमणका घटनाका सम्बन्धमा अध्ययन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त तीन सदस्यीय मिसन टोली गठन गरेको छ । काउन्सिका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टद्वारा संयुक्तरुपमा आज जारी विज्ञप्तिमा मिसन टोलीमा प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती संयोजक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतल महतो र महासङ्घका रौतहट जिल्ला शाखा अध्यक्ष शैलेन्द्र गुप्तालई सदस्य रहेको गउल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मिसन टोलीलाई पत्रकारको सुरक्षा र स्वतन्त्रता उपभोगका लागि सहज वातावरण निर्माण गर्न एवम् पत्रकार आचारसंहितको पालन गर्न/गराउन आवश्यक भूमिका निर्वाह गर्ने र त्यहाँको वास्तविकता अध्ययन गरी यथासक्य चाँडो सिफारिससहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको उल्लेख गर्दै आन्दोलनको क्रममा सामाजिक सद्भाव भड्किने र हिंसा चर्किने खालका समाचार सामाग्री प्रकाशन÷प्रशारण नर्गन पनि विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।

यसैवीच एमाआवादी नेतृत्वको ३० दलीय मोर्चाले आहृवान गरेको तीनदिने आमहड्तालको पूर्वसन्ध्यामा सोमवार भोजपुरमा निकालेको मसाल जुलुसको समाचार संङकलनमा रहेका पत्रकार महासङघ भोजपुर शाखा सदस्यद्वदय राजन स्याङतान र अर्जुन बस्नेतलाई प्रहरीले निर्घात कुटपिट गरी घाइते बनाएको घटना प्रति नेपाल पत्रकार महासङघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङघका महासचिव उजिर मगरद्दारा जारी प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षामा खटिएका प्रहरीले बिनाकारण पत्रकारमाथि गरिएको कुटपिट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै घटनाको कडा शब्दमा भत्र्सना सहित दोषी प्रहरीलाई तत्काल कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ।