मङ्लबार, बैशाख २५, २०८१

साल्ट ट्रेडिङको बढ्दो गरिमाबाट अत्तालिए भारतीय लोकसभाका पूर्वसांसद सोमाभाइ

(भारतीय संसद लोकसभाका पूर्वसांसद सोमाभाइ पटेल)

काठमाडौं चैत्र २०,  विगत ५ दशक यतादेखि जनतालाई सर्वसुलभ र सस्तो मूल्यमा गुणस्तरीय नून आपूर्ति गर्न र गराउन स्थापित संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बढ्दो गरिमा एवम् प्रभावकारिताबाट केहि तत्वहरु अत्तालिएका छन ।

मुलुकको भूगोल अनुरुप नेपाल सरकारको ढुवानी भाडामा अनुदान सहित २२ वटा दुर्गम जिल्ला र सुगम जिल्लाको पहिचान गरि फरक फरक ब्राण्डमा नून विक्री वितरण गर्दै नेपालको हिमाल देखि तराईसम्मको भौगोलिक विविधतालाई आत्मासात गर्दै सार्क मुलुककै तुलनामा सस्तो र सुलभ ढङगबाट वितरण प्रणालीलाई पचहत्तरै जिल्लामा पु-याउँदै आएका कर्पोरेसनको प्रभावकारिताबाट अत्तालिएका ति तत्वहरु आफुअनुकलको स्वार्थप्रयोजन गर्न नपाउँदा यो वा त्यो बहानामा तथाकथित रुपमा अनेकन प्रोपोगाण्डा मच्याउँन् लागि परेको हो ।

दुर्गम क्षेत्रमा भानु र शहरी क्षेत्रमा आयो त्यस्तै गरि ग्रामीण भेगमा शक्ति र तेज नून बिक्री गर्दै आईरहेका साल्ट ट्रेडिङको दिनानुदिन बढ्दो गरिमाबाट हतास हुँदै केहि दिन यता व्यक्तिविशेष मात्र नभएर भारतीय संसद लोकसभाका पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले कुटनैटिक मयार्दाको समेतको ख्याल नगरि भारतबाट नेपालमा आउने आयोडिनयुक्त नुनमा भ्रष्टाचार भइरहेको भन्ने आशय सहित नेपाल सरकारका प्रधानमन्त्रीलाई पत्राचार गरेको जानकारी हामीलाई प्राप्त भएको छ ।

अचम्मको प्रसङग त के छ भने पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले बहालवाला सासद जस्तै भ्रमपूर्णरुपमा जसरी पत्राचार गरेको छ त्यो पक्षको सुक्ष्म अध्ययेन गर्ने हो भने पनि पूर्वसांसद पटेल कोहि कसैको ईशारामा नियोजित स्वार्थहित क्रियाशील रहेको सहजै बोध गर्न सकिन्छ ।  किनकी साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट नेपालमा आउने आयोडिनयुक्त नुन सार्क मुलुककै तुलनामा सस्तो र सुलभ ढङगबाट विक्री गरिरहेको पक्षलाई नजरअन्दाज गर्दै हिड्नु आफैमा आफ्नो आङगमा भैसी नदेख्ने तर अरुको भने जुम्रा केलाउँदै हिड्ने प्रवृतिको द्योतक सावित भएका छन ।

जवकी कर्पोरेसनले भारतबाट आउँने नून भारतमा भन्दा सहज सुलभ मूल्यममा यहाँ विक्रि वितरण गर्दैआईरहेको अवस्था मात्र नभएर भारतको गुजरातमानै प्रतिकेजी भारु १४ रुपैया देखि १७ रुपैया सम्म मूल्य तोकिएको नूनको नेपाली मूल्य हेर्ने हो भने ने रु २३ देखि २७ रुपैया प्रति केजी प्याकेटको पर्दछ । तर नेपालमा प्रतिकेजी प्याकेट रु १८ रुपैयामा विक्रि वितरण भईरहेका अवस्थामा लोकसभाका पूर्वसांसद सोमाभाइ पटेलको स्वार्थ आफैमा के हो भन्ने प्रष्ट भएको सरोकारवाला पक्षले जनाएको छ । 2 12
त्यस्तै भारतमानै उत्पादित विभिन्न् ब्राण्डको नूनको मूल्य नियन्त्रण तथा समायोजन हुँन नसकिरहेका अवस्थामा प्रत्यक्ष जन स्वास्थ्यसँग सरोकार राख्ने आयोडिन नूनलाई नेपाल सरकारको नीति र भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा सन् १९७३ देखि एकद्वार प्रणाली मार्फत प्रभावकारीरुपमा विक्रीतिरण गर्दै आईरहेका कारण कुनै न कुनै वहानामा अर्नगल प्रचारवाजी गरि वितरण प्रणलीलाई क्रमभङग गर्दै आफुअनुकलको स्वार्थ सिद्ध गर्ने एकमात्र लक्ष्य रहेको र यो आफैमा नियोजित मात्र नभएर कुटनैतिक मयार्दा विपरित भएको सहजैबोध गर्न सकिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031