काठमाडौ चैत्र १७, रौतहटस्थित नेपाल विद्युत् प्राधिकरण शाखाका सुपरभाइजर उमेशकुमार यादवलाई घूस लिँदालिँदैगरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । अख्तियारका अनुसार सुपरभाइजर यादवले जिल्लाको रङ्गपुरस्थित राहुल राइस मिललाई ‘थ्री फेज’ विद्युत्लाइन जडान गर्न रु एक लाख ५० हजार लिइरहेका बेला आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।
साथै निज यादवलाई आयोगको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।