शुक्रबार, बैशाख २१, २०८१

सेवाग्राहीसङग घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं चैत्र १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थ्री फेज विद्युत् लाइन जडानको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका 1235071_238849426264381_1100343611_nनेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार मलङ्गवा वितरण केन्द्र लालबन्दी प्रशासन शाखामा कार्यरत कर्मचारी रामाशङ्कर पासवानसमेतले सेवाग्राहीसँग रु ७० हजार घुस लिई इलेक्ट्रिसियन आत्मराम ढुङ्गेललाई राख्न दिएका थिए ।  आयोगले सेवाग्राहीसङग अनाधिकृत घुस लिएको अभियोग लागेका पासवान र सिंहविरुद्ध बिगो रकम असुलउपर सहित कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरेको जनाएको छ ।