शनिबार, बैशाख ८, २०८१

विप्लव नेतृत्वको माओवादीद्दारा घोषित चैत्र १८ को नेपाल बन्द फिर्ता

काठमाडौ चैत्र १०,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गतेका लागि घोषित गरेको ‘नेपाल बन्दको कार्यक्रम फिर्ता Biplabलिएको छ ।  गत चैत ६ गतेका लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको निवास घेराउको क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै सो पार्टीले यस अघि बन्द आह्वान गरेको थियो । पक्राउ नेता कार्यकता रिहाई भएका कारण बन्द फिर्ता लिइएको महासचिव चन्दद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।