बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति डा यादवद्दारा परम्परागत घोडेजात्रा अवलोकन

 काठमाडौ चैत्र ६,   काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन मनाईने परम्परागत घोडेजात्रा पर्वको अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमामा आयोजित पर्व महोत्सव राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति डा रामवरण यादवले अवलोकन गर्नुभएको छ ।

समारोहमा राष्ट्रपति डा यादवले म्युजिकल राइडर र शो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान मेत प्रदान गर्नुभएको थियो । समारोहमा नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरिएको थियो ।  समारोहमा उपराष्ट्रपति.परमानन्द झा  प्रधानमन्त्री सुशील कोइराला , सभामुख सुवास नेम्वाङग लगायत विशिष्ट व्यक्तिवहरुको  उपस्थिती रहेको थियो ।