मङ्लबार, बैशाख २५, २०८१

म्यारिज ब्यूरोको नाममा मानव बेचबिखनमा संलग्न ब्यूरो सञ्चालक शेर्पासहित ३ पक्राउ

काठमाडौ फागुन २३ ,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले म्यारिज ब्यूरोको नाममा मानव बेचबिखनमा संलग्न कामपा वडा.न ४ चुनदेवीस्थित छेरु इन्टरनेसनल handcuff-430x250म्यारिज ब्यूरोका सञ्चालक छेरू शेर्पा सहित कोरियाली नागरिक ही चाङ्ग पार्क र बूढानीलकण्ठ बस्ने विपिन नगरकोटीलाई शुक्रवार पक्राउ गरेको छ ।

म्यारिज ब्यूरो नामक कम्पनीमा खानतलासी गरी मानव बेचबिखनमा संलग्न म्यारिज ब्यूरोका सञ्चालक शेर्पा र कोरियन नागरिक ही चाङ्ग सहितका अभियुक्तलाई शुक्रवार पक्राउ गरि केन्द्रीय अनुसन्धान ब्यूराले पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

त्यस्तै ब्यूरोका डिआइजी हेमन्त मल्लका अनुसार ब्यूरोले फैलिरहेको मानव तस्करीलाई नियन्त्रण एवम् निरुत्साहित गर्ने अभियानअन्तर्गत विगत दुई महिनादेखि निरन्तर निगरानी गर्दै फागुन १८ गते उक्त स्थानबाट कोरिया जाने प्रक्रियामा रहेका पाँच पीडित युवती र चीनमा बेचिएर फर्किएकी एक युवतीसमेत गरी जम्मा छजनालाई उद्धार गरेको पनि जानकारी दिनुभएको छ ।  उनीहरूलाई मानब बेचबिखन तथा ओसारपसार मुद्दा र सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट निजहरूलाई प्रहरी हिरासतमा राख्ने म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728