बिहिबार, चैत्र १५, २०८०

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौ फागुन २३,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीका आधारमा petrol-price- मूल्य समायोजन गरिएको हो ।  निगमकाअनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु एक÷एक बढेको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११० पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु ८७.५० पुगेको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ थियो भने मट्टीतेल र डिजलको मूल्य प्रतिलिटर रु ८६.५० रहेको थियो । आठपटकसम्म निरन्तर मूल्य घटाउँदै आएको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि स्थानीय बजारमा समेत मूल्य बढाएको हो ।