मङ्लबार, बैशाख १८, २०८१

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका महासङघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ फागुन १९,  नेपाल पत्रकार महासङघले प्रधानमन्त्री सुशील कोइरालालाई श्रमजीवी पत्रकारका पेशागत मुद्दा र संविधान निर्माणको विषयमा ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट नेतृत्वको टोलीले प्रधानमन्त्री कोइरालालाई भेटर श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भैसक्दा पनि कार्यान्वयन नभएकाले श्रमजीवी पत्रकारको सेवा, शर्त, सुविधाको अवस्था राम्रो नभएको भन्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीको तहबाट कदम चाल्नुपर्ने माग गरेको हो ।
यस्तै पत्रकारलाई पनि निजामती कर्मचारी सरह निजामती अस्पतालका साथै अन्य सरकारी र शिक्षण अस्पतालमा उपचारमा सहुलियत, स्वास्थ्य बिमा र दुर्घटना बिमाको व्यवस्था गर्न पनिमहासङघले माग गरेको छ । महासङघले संविधान निर्माणका विषयमा चाँडो संवाद सुरु गरेर अहिलेको गतिरोध अन्त्य गर्न पनि प्रधानमन्त्रीको ध्यानकर्षण गराएको महासङघद्दारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ।