शनिबार, बैशाख ८, २०८१

महिला पत्रकारहरुले लैगिङ्ग समानताको अनुभूति गर्न नपाएको आइएफजे प्रतिवेदनको निष्कर्ष

काठमाडौं फागुन २४,  अन्तर्राष्ट्रिय पत्रकार महासङघ (आइएफजे) १०५ औं अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले नेपाली FNJ_logo2मिडियामा महिला सहभागिता बढ्दै गए पनि महिलामैत्री नीति र व्यवस्थाको अभावमा महिला पत्रकारहरुले IFJ1लैगिङ्ग समानताको अनुभूति गर्न नपाएको अवस्थाको यर्थात    चित्रण गर्दै  नेपाली मिडियामा महिलाको समान सहभागिताका लागि महिलामैत्री नीति र अभ्यास अवलम्बन गर्न, यौन तथा अन्य दुर्व्यवहार कम गर्न कार्यक्षेत्र नीति लागू गरि उजुरी गर्ने व्यवस्था गर्न र पुरुष पत्रकारहरुलाई पनि लैगिङ्ग समानताका मुद्दामा कार्य गर्न सुझाव दिएको छ ।

नेपाल पत्रकार महासङघको सहभागितामा गरिएको सो अध्ययनले महिला पत्रकारहरुले विभेद र कार्यस्थल भित्र बाहिर अझै दुर्व्यवहार भोग्नु पर्ने अवस्था रहेपनि मिडियामा लैगिङ्ग समानताका प्रगति भएको उल्ल्ख गर्दै । नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, मलेसिया, क्याम्बोडिया र भनुअटुमा गरिएको सर्वेक्षणको प्रतिवेदनका लागि नेपालका तर्फबाट महासङघका उपाध्यक्ष अनिता बिन्दुले अनुसन्धान गर्नुभएको थियो भने शुभेच्छा बिन्दुले मिडिया सामग्रीको विश्लेषण गर्नुभएको महासङघका सचिव संगीता खड्काद्दारा जारी प्रेस विज्ञप्मिा उल्लेख रहको छ ।

त्यस्तै विज्ञप्तिमा मिडियामा कार्यरत  १सय भन्दा भन्दा बढि नेपाली पत्रकारहरुको सहभागिता रहेको उक्त सर्वेक्षणमा सर्वेक्षण, अन्तर्वार्ता र सामग्री विश्लेषणबाट गरिएको र अध्ययन सर्वेक्षणमा सहभागी मध्ये झण्डै एक चौथाई पत्रकारहरुले कार्यक्षेत्रमा यौन दुर्व्यवहार भोगेको र देखेको र झण्डै एक तिहाइ महिला पत्रकारले अन्य दुर्व्यवहार भोगेको अभिव्यक्ति उल्लेख रहेको छ ।  त्यस्तै प्रतिवेदनमा नेपाली मिडियाको निर्णायक स्थानमा महिला पत्रकारहरुको उपस्थिति नगण्य रहेको, महिला पत्रकारहरुको व्यवसायिक सुरक्षाको स्थिति कमजोर रहेको र व्यवसायिक क्षमतावृद्भि एंवम निर्णायक स्थानमा पुग्न महिलामैत्री नीति र अभ्यास नरहेको उल्लेख गरेको छ ।

महासङघका अध्यक्ष डा.विष्टद्दारा शुभकामना:

यसै वीच नेपाल पत्रकार महासङघका अध्यक्ष डा.महेन्द्र विष्टले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सवै पत्रकार महिलाहरुलाई शुभकामना दिँदै नेपाली पत्रकारिता र पत्रकार महासंघको नेतृत्वमा महिला पत्रकारको संख्यात्मक र गुणात्मक उपस्थिति बढाउन एवं सञ्चार प्रतिष्ठानलाई लैङ्गिकमैत्री बनाउन महासंघले थप मेहनत गर्ने बताउनुभएको छ ।  अहिले नेपाली पत्रकारितामा खासगरी महिलाको आकर्षण बढाउन र त्यसमा उनीहरुलाई टिकाइरहन पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, समाचारकक्षमा उपयुक्त वातावरण र प्रोत्साहनको जरुरी रहेको उल्ल्ख गर्नुभएको छ।

आइएफजेको  अध्ययनको पूर्ण प्रतिवेदनको लागि यहाँ क्लिक गर्नुहोला  ।