मङ्लबार, बैशाख २५, २०८१

लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव मैनाली सहित सदस्यको नियुक्ति सिफारिस

काठमाडौ, फाल्गुन १४ , संवैधानिक परिषद्को आज बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव उमेश मैनालीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । download (6)परिषद्ले अन्तरीम संविधान २०६३ को धारा १२५ को उपधारा २ बमोजिम सो सिफारिस गरेको हो ।

त्यस्तै आयोगका सदस्यहरुमा बिन्द्रा हाडा भट्टराई काठमाडौँ, डा. गोविन्द कुसुम काठमाडौ, श्रीपुरुष ढकाल ललितपुर, अशोककुमार झा सप्तरी, ब्रम्हदेब राय सर्लाही र श्रीकृष्णचन्द्र झा धनुषालाई नियुक्तिका लागि सिफारिस गरेको थाहा भएको छ ।  नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका उक्त नामहरुलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031