बिहिबार, बैशाख १३, २०८१

आज अख्तियार र निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौ फागुन १५, संवैधानिक परिषद्को विहीवार बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वचिव उमेश मैनाली सहितका सदस्यको नाम सिफारिस गरेसङगै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको पदाधिकारीमा नियुक्ति हुने व्यक्तिकोनाम सिफारिस गर्नका लागि आज पनि बैठक बस्ने भएको छ ।

Simhadarbar-1आज साँझ ५ बजे बालाईएके उक्त बैठकले राजनीतिक भागवण्डाको आधारमा अख्तियार दुरुपयोग र निर्वाचन आयोगमा सिफारिस गर्ने पदाधिकारीको नाम यसअघिनै तय गरिसकेको स्रोतले जनाएको छ । ।

स्रातका अनुसार आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फ सिफरिसमा पर्ने नामहरुमा क्रमस एमाओवादीबाट नेपाली सेनाका पुर्व उपरथी दमन घले एमालेबाट पूर्व सचिव केशव भट्रराई,नेपाली कांग्रेसबाट पूर्व एआईजी नवराज ढकालको संभावनालाई अगाडि सारेको छ भने आयुक्तकै लागी पूर्व गृहसचिव नविन घिमिरे र पूर्व सहमहालेखा परिक्षक बद्रिबहादुर कार्कीको नाम चर्चामा रहको जनाएको छ ।