मङ्लबार, बैशाख २५, २०८१

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाईदै

काठमाडौं फागुन २, आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे आजको दिन लाई प्रणय दिवसको एकआपसमा मायाप्रेम साटासाट गरेर यो अझ भनौ खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई मनाउँने गरिन्छ ।

कसरि सुरु भयो भ्यालेन्टाइन्स डे ?

इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा तत्कलिन राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको दिईएको  र उनकै सम्झनामा  प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउने परम्परका सुरुवात भएको हो। St-Valentine-Kneeling-In-Supplication जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे ।

शासकहरु क्रुर हुन्छन र उनीहरु आफ्नो फाइदाको लागि जस्तोसुकै कार्य गर्न पनि पछी पर्दैनन् । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन । न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध गर्ने कसले रु यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । भ्यालेन्टाइनको समर्थकहरु पनि मानवता प्रेमी, कर्मठ युवा युवतीहरुको संख्या पनि व्यापक थियो । किनकि उनको शिक्षा प्रेम र भाइचारासंग सम्बन्धित थियो । उनि प्रेमलाई पुजाको रुपमा हेर्दथे ।

 तर  राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबैलाई सैनिकमा भर्ति हुन र विवाह र प्रेम गर्न नै प्रतिबन्ध लागेपछि कयौं युवाहरु घरभित्र नै लुकेर बस्न बाध्य भए । यस्तोमा प्रेमका पुजारी भ्यालेन्टाइनले भने यसको बिरुद्धमा जाने निर्णय गरे । उनले राजाको बिरोध गर्ने विचार गरे उनको नजरमा प्रेम र विवाह भनेको पवित्र बन्धन थियो । जसलाई निषेध गर्नु उनको दृष्टिकोणमा गलत थियो । यसैले भ्यालेन्टाइनले गुप्त रुपमा प्रेमी जोडीहरुको विवाह गराईदिन थाले । उनले राजाको कदमको बिरोध स्वरूप यस्तो विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए । यस्तो विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन ।

राम्रो काम गर्नेको मित्रसंगै शत्रु पनि बढ्छन । उनमा पनि यहि कुरा लागु भयो । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाए । तर भ्यालेन्टाइन अलिकति पनि डगमगाएनन किनकि उनको नजरमा उनले गल्ति वा पाप गरेकै थिएनन । उनले त केवल दुइ आत्माको मिलनमा सहयोग गरेका थिए ।

क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउंथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन । त्यसैले फेब्रुअरी १४लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डेको रुपमा मनाउन थालिएको हो । हो नेपालमा पनि रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाईरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031