बिहिबार, बैशाख २०, २०८१

आज श्रीपञ्चमी, विद्या र सिर्जनाकी देवी सरस्वतीको पूजा एवम् बालबालिकालाई अक्षराम्भ गरि मनाउदै

काठमाडौं माघ ११ , आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी आज विद्या र सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने दिन श्री पञ्चमीको दिन anup_20150125_2 anup_20150125_3 anup_20150125_6 anup_20150125_7 anup_20150125_8 anup_20150125_9 anup_20150125_11बाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले बिशेष पर्बको रुपमा सरस्वतीको मन्दिर तथा पुस्तकको पूजा गरेर मनाउछन ।

श्री पञ्चमीको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ र साथै कुनै पनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि बिश्वास गरिन्छ । आजको दिन शिक्षक, विद्यार्थी, लेखक, कलाकार, पत्रकार आदि सिर्जनाकार हरुले आ-आफ्ना सिर्जनाका औजारको पूजा गर्नुका साथै सरस्वतीको तस्बीरमा पनि पूजा गर्ने चलन छ । आजको दिन राजधानीका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ ।