शनिबार, चैत्र १८, २०७९

देवस्व हिनामिना गरेको अभियोग अख्तियारद्दारा सदस्यसचिवद्वय कुइँकेल र नाहाटासहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

तीन लाख रुपैया घुस लिदालिदैको अवस्थामा झापाको काकरभिट्टा नापी कार्यालयका एक अमिन पक्राउ

काठमाडौं माघ ९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिवद्वय निर्मल कुइँकेल र सुशील नाहाटासहित ९ जनाविरुद्ध Nirmal-Kuinkel-and-Sushil-Nभ्रष्टाचारको मुद्दा दायर गरेको छ । दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेको तर्फबाट उम्मेदवारी दिनु भएका कुइँकेल कोषको पूर्वसदस्यसचिव हुनुहुन्थ्यो ।
त्यस्तै गरि  पशुपति मन्दिरको शिवस्व दुरुपयोग गरेको अभियोगमा काठमाडौं जिविसका कर्मचारी र ठेकेदारविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बिज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै  विज्ञप्तिमा  जिल्ला विकास समितिको कार्यालय, काठमाण्डौका तत्कालिन पदाधिकारीहरू र बालुवा ठेकेदार बच्चुराम दाहाल बिच मिलोमतो भई सुनियोजित रूपले विज्ञहरूको प्रतिवेदनबाट खुल्न आएको “उल्लेखित जग्गामा ठूलो बालुवाको भण्डार रहेको” भन्‍ने सूचना निज बच्चुराम दाहाललाई चुहावट गरी कोषको गुरूयोजनालाई नै प्रभावित पार्ने गरी अबैध खानी सञ्‍चालन तथा स्थानीय पर्यावरण नै नष्ट हुने गरी वन कटान समेत गरेको भनी स्थानीय वासिन्दाहरूले यस आयोगमा दिएको निवेदनमाथि  कारवाही गर्दै  भ्रष्टाचार निवारण ऐन, २०५९ अनरुप  आज  विशेष अदालत, काठमाण्डौमा मुद्धा   दायर गरिएको जनाएको छ।  अख्तियारले ४६ करोड ५६ लाख ८७ हजारभन्दा बढि रुपैँया भ्रष्टाचार भएको दाबी गरेको छ ।

यसैवीच ६ धुर जग्गा मिलाई दिन्छु भनि सेवाग्राहीबाट तीन लाख रुपैया घुस लिदालिदै आज झापाको काकरभिट्टा नापी कार्यालयका एक अमिन पक्राउ परेका छन् । तीन नम्बर नापी टोली काकरभिट्टाका अमिन रविन्द्र पासवानलाई रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान कार्य सुरुगरिएको आयागद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031