शुक्रबार, बैशाख १४, २०८१

महानगरपालिकाको प्रमुख तथा कार्यकारीको जिम्मा तण्डुकारलाई

काठमाडौं माघ १२,   नेपाल सरकारका सहसचिव पूर्णभक्त तण्डुकारले सोमबार काठमाडौं महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृतका रुपमा पदवहाली गर्नु kmc logoभएको छ  भने  महानगरका नि बर्तमान कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठ संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यस अघि संघीय मामिला तथा स्थाानीय विकास मन्त्रालयमा रहनुभएका तण्डुकार सरकारको माघ ११ गतेकोे निर्णय अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृतका रुपमा वहाली हुनु भएको हो ।  सोमबार पदवहाली गर्नु अघि काठमाडौं महानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले सरकारले सन् २०२२ सम्ममा नेपाललाई विकासनोन्मुख राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा लैजाने लक्ष्य पूरा गर्न आफ्नो नेतृत्वमा सरकारलाई सहयोग गर्न महानगरका कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

महानगरलाई शुसाशनयुक्त निकायका रुपमा छवि सुधार गर्न अवसर र चुनौती दुवै भएको बताउँदै उहाँले आफू राष्ट्रिय सतर्कता केन्द्रमा रहेर काम गर्दाको अनुभवबाट महानगरलाई भ्रष्टाचारमुक्त बनाउने विचार राख्नु भएको थियो ।