सोमवार, बैशाख २४, २०८१

दलहरुवीचको सहमतिमानै संविधान जारी हुँने प्रम कोईरालाद्दारा विश्वास व्यक्त

बाह्रबुँदे सहमतिमा हस्ताक्षर शक्तिवीचनै पानी वारावारको अवस्था सिर्जना हुँन सकारात्मक सन्देश होईन  : प्रम कोईराला

काठमाडौ माघ २४,  नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको  १५ औं  साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले बाह्रबुँदे सहमतिमा Sushil-Koirala-8हस्ताक्षर गरेका राजनीतिक दलनै संविधान निमांण प्रक्रियाबाट बाहिरिन नहुेनेमा विशेष जोड दिदै नया जारी हँने संविधानले सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित गर्ने बताउँनु भएको छ ।

त्यस्तै प्रम कोईरालाले मुलकमा जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न छिटो संविधान चाहिएको अवस्थामा बाह्रबुँदे सहमतिमा हस्ताक्षर शक्तिवीचनै पानी वारावारको अवस्था सिर्जना हुँन सकारात्मक सन्देश नभएको बताउँदै वार्ता र संवादको टेबलमा आई त्यहीबाट निकास खोजिनुपर्ने बताउन भएको छ । त्यस्तै प्रसङवस प्रम कोइरालाले आफले एमाओवादी अध्यक्ष प्रचण्डलाई वार्तामा आउन उहाँकै निवासमा पुगी आग्रह गर्नुको अलावा टेलिफोनमा भएको कुराकानीमा वार्तामा आउँन आफहरु तयार रहेको अभिव्यक्ति दिन भएको भन्दै केहिदिनभित्रमा वार्ता सुरु हुने र सहमतिमानै संविधान जारी हँुने विस्वास समेत व्यक्त गर्नभएको थियो ।

त्यस्तै गरि अर्थमन्त्री डा रामशरण महतले आर्थिक अभावमा कुनै पनि विकासका आयोजना नरोकिने र देशमा आर्थिक सुशासन कायम गर्न प्राथमिकता दिइएको बताउँनु भएको उक्त कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले निर्यात बढाउन र आयात घटाउन स्वदेशी उद्योगलाई संरक्षण र संवद्र्धन गर्ने नीति मन्त्रालयले अख्तियार गरेको जानकारीदिनु भएको थियो भने  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ ,चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष निलकण्ठ चौलागाई लगायतका वक्ताहरुले पनि बाल्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031