शनिबार, बैशाख २२, २०८१

१४ वर्षीया छोरीलाई गर्भवती बनाउँने यौनपिपासु वावु प्रहरी नियन्त्रणमा

उदयपुर पौष २१, आफ्नै जन्मदाता बाबुले १४ वर्षीया छोरीलाई पटक–पटक घरमा श्रीमती नभएको मौका छोपेर लामो समयदेखि करणी गर्दाको प्रतिफल स्वरुप छोरीले सात  महिनाको गर्भ बोक्न बाध्य भएकी छिन् ।  स्थानीय विद्यालयमा अध्ययन गर्दै गरेकी बालिकालाई बाबुले घरमा श्रीमती नभएको मौका पारेर करणी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गर्दै यौन पिपासु वावुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ

घटना विवरण अनुसार छोरीलाई आफ्नो कर्तुुत अरुलाई भने ज्यानमार्ने धम्की दिँदै करणी गर्न पल्लकेका वावु विरुद्ध गाउँलेको मौखिक जाहेरीपछि गर्भवती भएकी छोरीलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर स्वास्थ्य परीक्षण गर्दा गर्भ बोकेको पुष्टि भएको उल्लेख रहेको छ ।