आइतवार, बैशाख २३, २०८१

यस्तो छ ल्होछारपर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले दिनुभएको शुभकामना सन्देश

काठमाडौ पौष १५, तमु ल्होछारका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दैराष्ट्रपति डा रामवरण यादवले presidentमुलुकका सबै क्षेत्रमा बसोबास गर्ने विभिन्न धर्म, जाति, भाषा र संस्कृतिसँग आबद्ध समुदायबीच आपसी समन्वय गर्दै हाम्रा विद्यमान परम्पराको संरक्षण र सम्वद्र्धन गर्न ल्होछार जस्ता पर्वले थप योगदान पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रपतिले ल्होछार पर्वले नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा थप सहयोग पुग्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति परमानन्द झाले पनि शान्ति, समृद्धि र नयाँ संविधान आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । तमु ल्होछार पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ल्होछारपर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरणा गरोस् भनी कामना गर्नुभएको छ ।