काठमाडौ पौष १४, त्रिभुवन विश्वविद्यालयको ४०औँ दीक्षान्त समारोहलाइ सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालका विश्वविद्यालयलाई प्राज्ञिक र
अनुसन्धान केन्द्रका रुपमा विकास गरिनुको अलावा दक्ष जनशक्ति तयार पार्ने विश्वविद्यालयको प्रारुपमा अगाडि लैजान समयानुकुल परिवर्तन गर्दै लानु आजको आवश्यकता भएको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रमममा प्रधानमन्त्री कोइरालाले विभिन्न विषयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा उपाधि प्राप्त गर्ने सात हजार ९३८ विद्यार्थीलाई उपाधि प्रदान गर्दै उपाधि दीक्षित बनेकाहरूलाई बधाई सहित तथा शुभकामना सहित उहाँले आफुले प्राप्त गरेको शिक्षा मुलुक र जनताको सर्वोपरि हितमा प्रयोग गर्न आग्रह गनुृभएको थियो । साथै उहाँले त्रिविविलाइगुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारको सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तैगरि कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले देशको उच्च शिक्षाको ९० प्रतिशतभन्दा बढी भार बोकेको त्रिभुवन विश्वविद्यालयले परिवर्तित मागलाई सम्बोधन गर्दै आफूलाई उत्कृष्ट अध्ययन केन्द्रका रुपमा विकास गर्न सक्नुपर्ने बताउनुभएको थियो भने विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विश्वविद्यालयको शैक्षिक गुणस्तरीयताका लागि गत वर्षदेखि विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट सेमेस्टर प्रणाली सुरु गरिएको जानकारी दिनुभएको थियो । कार्यक्रममा कोरियाका नेसनल युनिभर्सिटीका प्रा.डा. क्यान ग्यु ले पनि सम्बधन गर्नु भएको थियो ।