शनिबार, बैशाख २२, २०८१

विवादित विषयमा चार दलका शीर्ष नेताहरु निर्णायक एवम अन्तिम वार्तामा जुट्दै

काठमाडौ पौष १४, संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने आधार तयार गर्ने जिम्मेवारी पाएको चार दलीय कार्यदलले प्रस्तुत प्रसङगमा कुनै नितिगन 3-dal1सहमति कायम गर्न नसकेपछि विवादको टुङगो लगाउँन जिम्मा शीर्ष नेताहरूलाइनै दिएको छ ।  चारदलिय प्रतिनिधी सम्मिलीत कार्यदलले दुई दिनसम्म विवादित विषयमा छलफल गरे पनि कुनै निर्णय गर्न नसकेपछि कार्यदलकाक बैठकमा भएको छलफलको प्रतिवेदन आइतवरनै चार दलका शीर्ष नेताहरूलाई बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख चार दलको बैठकमा कार्यदलले विवादित विषयको कुनै टुङ्गो लगाउन नसकेको प्रतिवेदन बुझाएपछि उक्त विषयलाई चारदलले आज अन्तिम छलफल गरी निचोड निकाल्ने सहमतिका साथ बैठक समापन गरिएको थियो । यसैक्रममा आज बिहान देखिनै विवादित विषयलाई शीर्ष नेताहरूले टुङ्गो लगाउन भन्दै बैठक बस्दै गरको थाहा भएको छ ।