काठमाडौ पौष १०, इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को सुखद् उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । त्यस्तै शुभकामना सन्देशमा प्रम कोइरालाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआए उल्लख गर्दै को छ । यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको बताउँनु भएको छ ।
त्यस्तै प्रम कोइरालाले आफ्नो सन्देशमा २०६२÷६३ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रतिनिधिसभाले मुलुकमा धार्मिक स्वतन्त्रताको घोषणा गरेपछि यसलाई वर्तमान अन्तरिम संविधानले लिपिबद्ध गरी संस्थागत गरेको स्मरण गराउँदै धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ उल्ल्ख गर्नुभएको छ ।