बुधबार, बैशाख २६, २०८१

सूर्यभक्त पत्रकारिता पुरस्कार पत्रकारद्वय रानाभाट र भट्टराईलाई

काठमाडौं मङ्सिर ११ , नेपाल प्रेस युनियन नवलपरासी शाखाले स्थापना गरेको सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ नवलपरासीका press unionपत्रकारद्वय होमराज रानाभाट र भूपेन्द्र शर्मा भट्टराईलाई प्रदान गरिने भएको छ ।  आगामी मङ्सिर २० गते प्रदान गरिने रु ३५ हजार नगद र ताम्रपत्र पुरस्कार रहेको उक्त पुरस्कार छनोट समितिको बैठकले रानाभाट र भट्टराई पुरस्कार प्रदान गर्ने निर्णय गरेको आज युनियनका अध्यक्ष श्रीराम सिग्देलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रजातन्त्रका सेनानी, नेपाल किसान सङ्घका संस्थापक केन्द्रीय सभापति स्व सूर्यभक्त अधिकारी तथा उहाँको धर्मपत्नी स्व पतनादेवी अधिकारीको स्मृतिमा उहाँका छोरा मदनभक्त अधिकारीले युनियन शाखालाई प्रदान गरेको रु सात लाखको अक्षय कोषको रकमबाट पुरस्कार प्रदान गरिँदै आएको छ ।  दश वर्षअघि स्थापित सो पुरस्कारबाट हालसम्म कुलचन्द्र वाग्ले, तारानाथ दाहाल, धर्मेन्द्र झा, हरिबहादुर थापा, कुन्द दीक्षितलगायतका पत्रकार सम्मानित भइसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31