आइतवार, जेष्ठ ६, २०८१

गढीमाईको मेलामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

बारा मङंसिर १०, बाराको बरियारपुर स्थित पञ्चवर्षिय गढीमाईको मेलामा नेपाली सेनाको श्री समरजित गुल्म कलैया बाराले  जिल्ला स्वास्थ्य कार्यलयका समन्वयमा  निःशुल्क IMG_1684स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

 मेलामा आएको भक्तजनहरुको स्वास्थ्य परिक्षणका लागि  उप सेनानी रवि थापाको कमाण्डमा ३० जनाको टोलिले स्वास्थ्य शिविरको स्थापना गरेको हो । शिविरमा सह सेनानी डा।साक्षात्कार विष्टको टोलिले नेपाल लगायत भारतको विभिन्न राज्यबाट आउने भक्तजनहरुको स्वास्थ्य परिक्षण गर्नु भएके  पप्तासमाचारमा उल्लख गरिएको छ ।

स्वास्थ्य शिविर आज देखि १४ गते सम्म राखि निःशुल्क औषधी उपचार गर्ने उप सेनानी रवि थापाले जनकारी गराउनु भएको छ । आजैबाट स्थापना भएको शिविरमा विहानदेखि हाल सम्म २८३ जनाले स्वास्थ्य परिक्षण गराई औषधी लिएको उप सेनानी थापाले जानकारी दिनुभएको छ ।