सोमवार, बैशाख २४, २०८१

महिलाका सवालमा पुनरावलोकन हुने

काठमाडौं कात्तिक २४, महिला बिकासका सवालमा महत्वपूर्ण कडी मानिएको चौथो बिश्व महिला सम्मेलनको पुनरावलोकनका लागि सरकारी, _MG_0047 गैरसरकारी तथा संयुक्त राष्ट्रसंघीय प्रयासहरुका बारेमा जानकारी दिइएको छ । सन १९९५ मा चीनको राजधानी बेइजिङ्गमा सम्पन्न चौथो बिश्व महिला सम्मेलनको फलो अप प्रत्येक पाँच बर्षमा संयुक्त राष्ट्र संघको ‘कमिसन अन दी स्टेटस अफ विमेन’ मा हुने गरेको छ । सूचनाको हक, मिडिया तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले पत्रकारहरुबीच बेइजिङ्ग+२० का बारेमा भइ रहेका गतिबिधि बारे जानकारी गराएको हो ।
म्यागकी अध्यक्ष बबिता बस्नेतले बेइजिङ्ग सम्मेलनले उठाएका १२ वटा सरोकारका बुँदाहरुको बारेमा जानकारी दिंदै नेपालको सन्दर्भमा यी सबै सरोकारका बिषयहरु महत्वपूर्ण रहेको जानकारी दिनु भयो । चौथो बिश्व महिला सम्मेलनले उठाएका १२ वटा बिषयहरुमा महिला र गरिबी, महिलालाई शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला बिरुद्धको हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, नीति निर्माण तहमा महिला, महिला उत्थानका लागि संस्थागत संरचना, महिला र मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण र वालिका रहेका छन ।
चौथो बिश्व सम्मलेन पछि प्रत्येक पाँच बर्षमा हुने पुनरावलोकनका लागि एशिया प्यासिफिक स्तरको कार्यक्रम आगामी हप्ता बैंककमा हुन लागेको छ । उक्त कार्यक्रममा महिला, वालवालिका तथा समाजकल्याण मन्त्री निलम केसीको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी हुने जनाइएको छ । साथै गैरसरकारी स्तरबाट पनि बिभिन्न कार्यक्रमहरु हुने भएका छन ।

कार्यक्रममा युएन वीमेनकी संचार अधिकृत भावना अधिकारीले युएन वीमेन मुख्यालय न्युयोर्कको प्रयासमा बेइजिङ्ग पुनरावलोकनकै लागि निर्मित वेवसाइट www.beijing20.unwomen.org मा रहेको ‘एडीटोरियल प्याकेज’ मा रहेका सामाग्रीहरु मिडियाले साभार गर्न सक्ने जानकारी पनि दिनु भयो ।

एडीटोरियल प्याकेजमा बिश्वमा बिभिन्न मुलुकमा महिला बिकासका लागि भएका प्रयास, महिला सरोकारका १२ वटै बुँदाहरु समेट्ने गरी सेलिब्रेटीहरुले दिएका अभिब्यक्ति लगायतका सामाग्रीहरु समेटिएका छन ।   यसै महिना बैंककमा हुने तथा सन २०१५ को मार्चमा संयुक्त राष्ट्रसंघ न्युयोर्कमा हुने पुनरावलोकनमा यो २० बर्षको बीचमा महिलाका सवालमा भएका उपलब्धि तथा हुन नसकेका कुराहरुका बारेमा लेखाजोखा हुने जानकारी गराइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31