बिहिबार, बैशाख १३, २०८१

तोकिएको मितिमा महाधिवेशन हन्छ : अध्यक्ष कर्ण

काठमाडौ कात्तिक २४, नेपाल विद्यार्थी सङ्घले तोकिएको मितिमा महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष रञ्जित ranjit-karnaकर्णले आज एक विज्ञप्तिमार्फत सङ्घको नाममा भ्रमपूर्ण रूपमा महाधिवेशनबारे अन्योलता सिर्जना गर्ने क्रियाकलापहरू भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गदै उस्तो आग्रह गनु भएको हो । साथै, उहाँले सञ्चारमाध्यमलाई त्यस्ता भ्रमपूर्ण समाचारका पछाडि नलाग्नसमेत आग्रह गर्नुभएको छ ।

त्यस्तै अध्यक्ष कर्णले विज्ञप्तिमा सङ्घको ११ औं  महाधिवेशन यही कात्तिक ३०, मङ्सिर १ र २ गते काठमाडौँमा हुने निश्चित भएकाले महाधिवेशनमा केन्द्रित हुन सम्पूर्ण नेविसङ्घका विद्यार्थीलाई निर्देशनसमेत दिनुभएको छ ।